काठमाडौं । आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज अन्त्यष्टि हुने भएको छ । ढुंगानाको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि बिहान ११ बजे सानो गौचरनमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनका भान्जा सुरज भट्टराईले जानकारी दिएका छन् । ढुंगानाको अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनले जानकारी दिएका हुन् ।
ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली साढे ११ बजे सानो गौचरन जाने कार्यक्रम रहेको छ ।
ढुंगानाको फ्रन्टलाइन अस्पतालमा कलेजोको उपचारको क्रममा आइतबार दिउँसो निधन भएको थियो । वरिष्ठ अधिवक्तासमेत रहेका कांग्रेसका नेता ढुंगाना २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख थिए ।
प्रतिक्रिया