क्यानबेर्रा । अष्ट्रेलियाका सांसदहरूले बेलायती राजा चार्ल्सको अष्ट्रेलिया भ्रमणको समयमा संसदमा उनीलाई धक्का मुक्की गर्न खोज्ने आदिबासी सांसद लिडिया थोर्पलाई सेन्सर लगाएका छन् ।
उनले गरेको विरोधप्रति असन्तुष्टि जनाउँदै सोमबार सांसदहरूले थोर्पमाथि सेन्सर लगाउने विषयमा मतदान गरेका हुन् । चार्ल्सले संसदमा सम्बोधन गरे लगत्तै थोर्पले तिमी मेरो राजा होइनौं भन्दै चिच्याएकी थिइन् ।
सदनले सेन्सरलाई ४६–१२ ले पारित गरेको थियो । थोर्पको कदमलाई ‘अपमानजनक र विघटनकारी’ बताइएको छ । कुनै पनि प्रतिनिधि मन्डलमा सदनको प्रतिनिधित्व गर्नबाट उनी अयोग्य हुनुपर्ने पनि भनिएको छ ।
प्रतिक्रिया