अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु

अमेजेनियन भ्यागुताका कारण मेक्सिकन चर्चित नायिकाको मृत्यु


ग्लोब नेपाल
0
Shares

मेक्सिको सिटी । मेक्सिकाेकी चर्चित नायिकाको निधनको दुखद खबर बाहिर आएको छ । एक चर्चित अभिनेत्रीले आफ्नो ज्यान गुमाएकी छन् र उनको मृत्युको कारण थाहा पाउँदा साँच्चै स्तब्ध  हुने खालकाे छ। उनकाे मृत्युमा अमेजेनियन भ्यागुताको विषकाे कथा जाेडिएकाे छ ।

अब अभिनेत्रीले भ्यागुताको विष किन पिइन् र त्यसपछि के भयो ? भन्ने सबै जानकारी सार्वजनिक भएको छ । शुद्धिकरण अनुष्ठानमा भाग लिनु नै यी अभिनेत्रीको जीवनको लागि अत्यन्त खतरनाक साबित भएको छ। ३३ वर्षीया चर्चित मेक्सिकन अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्वेजको दुखद निधनमा साेही अमेजेनियन भ्यागुता कारण बनेकाे छ । 

वास्तवमा, मार्सेला अल्काजार रोड्रिग्जले आध्यात्मिक रिट्रीटको क्रममा शुद्धिकरणको प्रक्रियामा भाग लिइन्। आफूलाई शुद्ध पार्न उनले अमेजोनियन भ्यागुताको विष पिएकी थिइन र यो अनुष्ठानले गम्भीर पखाला निम्त्यायो। बताइन्छ कि अभिनेत्रीले परम्परागत दक्षिण अमेरिकी कम्बो समारोहमा भाग लिएकी थिइन्।  यो संस्कारमा पानी पिउने, शरीर जलाउने र विषाक्त पदार्थ पिएर अाफुलाइ सफा गर्न भ्यागुताको विष लिने गरिन्छ।

जसले यसमा भाग लिन्छ, उसले एक लिटरभन्दा बढी पानी पिउनुपर्छ। यसपछि यसको छालामा साना घाउहरू बनाइन्छ र त्यसपछि ती घाउहरूमा भ्यागुताको म्युकस लगाइन्छ।

तर, ती भ्यागुताको शरिरमा विष हुन्छ, जसले रक्तचाप बढाउँछ र यसका कारण मानिसलाई वान्ता हुन थाल्छ । कहिलेकाहीँ यसले पखाला पनि निम्त्याउँछ। भ्यागुता म्युकसले पनि बेहोस हुने, चक्कर लाग्ने र ओठ र अनुहार सुन्निन सक्छ। यि सबै लक्षणहरु करिब आधा घण्टा सम्म रहन्छ तर यो विष शरीरमा लामो समय सम्म रह्यो भने घाँटी दुख्ने र मृत्यु समेत हुन सक्छ ।

अभिनेत्री मार्सेला अल्काजार रोड्रिग्जसँग पनि यस्तै भएको छ । भ्यागुताको विषका कारण उनलाई झाडापखाला भयो र बान्ता हुन थाल्यो । यस्तो अवस्थामा अभिनेत्रीलाई तत्काल अस्पताल लगिएको थियो । तर, डाक्टरले पनि अभिनेत्रीको ज्यान बचाउन सकेनन् । पखाला र बान्ताका कारण अभिनेत्रीको मृत्यु भएको हो ।

यता, अहिले प्रहरीले यो घटनामा भ्रष्टको खोजी सुरु गरेको छ । मार्सेला अल्काजार रोड्रिग्वेजले केही छोटो फिल्म, शृङ्खला र चलचित्रहरूमा काम गरेकी थिइन्।