काठमाडौँ । ५ सहसचिवका लागि बढुवा सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले मंगलवार(आज) नेपाल परराष्ट्र सेवाका ५ उपसचिवहरूलाई सहसचिव बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिको सोमबारको निर्णयाअनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका आधारमा सिफारिस हुने उम्मेदवारहरूमा पुष्पराज भट्टराई, मणिरत्न शर्मा, लोकबहादुर पौडेल क्षेत्री, किरण शाक्य र दुरपदा सापकोटा रहेका छन् ।
प्रतिक्रिया