करणी गरेको अभियोगमा पक्राउ

करणी गरेको अभियोगमा पक्राउ


ग्लोब नेपाल
0
Shares

धनकुटा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका–३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ गैरीटोल ठेगाना भएका २१ वर्षीय लीलाबहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लीलाबहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।