इजरायलले हुथीविरुद्ध कारबाही गर्ने नेतान्याहुको वाचा

इजरायलले हुथीविरुद्ध कारबाही गर्ने नेतान्याहुको वाचा



काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्षेप्यास्त्र आक्रमणपछि इजरायलले हुथीविरुद्ध कारबाही गर्ने बताएका छन् ।

नेतान्याहुले आइतबार यमनमा हुथीहरू विरुद्ध “बलपूर्वक कारबाही” गरिने बताए । तेल अवीवमा एक हप्ताको अन्तमा क्षेप्यास्त्र आक्रमणमा १६ जना घाइते भएका थिए ।

“जसरी हामीले इरानको हतियारहरू विरुद्ध बलपूर्वक कार्य गर्यौं, त्यसरी नै हामी हुथीहरू विरुद्ध पनि कारबाही गर्नेछौं, परिणाम उस्तै हुनेछ,” नेतन्याहूले सामाजिक संजाल एक्समा प्रकाशित गरिएको एक विज्ञप्तिमा भने ।

अक्टोबर २०२३ देखि हुथीहरूले लाल सागर, अडेनको खाडी र अरब सागरमा व्यावसायिक र सैन्य जहाजहरू, साथै इजरायल तर्फ लामो दूरीको मानव रहित यान (ड्रोन) र क्षेप्यास्त्र(मिसाइल) आक्रमणहरू लगातार गरि रहेको छ ।

बिहीबार इजरायल रक्षा बलले हुथी क्षेप्यास्त्रलाई रोकेको थियो तर त्यो भग्नावशेषले तेल अवीवको एक विद्यालय भवन ध्वस्त पारेको थियो ।

संयुक्त राज्य अमेरिका र बेलायत अन्य सहयोगीहरूको समर्थनमा जनवरीदेखि यमनमा हुथी लक्ष्यहरू विरुद्ध शृंखलाबद्ध हमलाहरू सुरु गरेका छन् । इजरायलले पनि हालैका महिनाहरूमा यमनमा महत्त्वपूर्ण हमलाहरू गरेको छ ।