भेनेजुएलाका राष्ट्रपति मादुरोले शुक्रबार नयाँ कार्यकालको सपथ लिँदै

भेनेजुएलाका राष्ट्रपति मादुरोले शुक्रबार नयाँ कार्यकालको सपथ लिँदै



काराकास । सन् २०१३ देखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले शुक्रबार तेस्रो कार्यकालका लागि सपथ लिने भएका छन् ।

बिहीबार काराकासमा सपथ ग्रहणको विरोधमा प्रदर्शनको नेतृत्व गरेकी विपक्षी नेत्री मारिया कोरिना माचाडोलाई र्‍यालीपछि केही समयका लागि हिरासतमा लिइएको उनको समूहले जनाएको छ ।

सरकारले उनलाई पक्राउ गरिएको भनी आएका समाचारको खण्डन गरेको छ ।

हालै, अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले जुलाई २८ मा भएको निर्वाचनमा मादाडो र एडमण्डो गोन्जालेज उरुटियालाई ‘स्वतन्त्रता सेनानी’को संज्ञा दिनुभएको छ भने उहाँहरूको सुरक्षा हुनुपर्ने बताएका छन् ।

रिपब्लिकन नेता ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “उहाँहरूको सुरक्षा सुनिश्चित हुनुपर्छ ।”

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले मादुरो सरकारविरुद्ध अलोकतान्त्रिक कार्यका लागि दण्डात्मक कदम लिँदै उहाँ र भेनेजुयलाका केही उच्च पदस्थ अधिकारीविरूद्ध प्रतिबन्ध लगाएका थिए ।

ट्रम्पको उत्तराधिकारीका रूपमा आउनुभएका जो बाइडेनले यी प्रतिबन्धलाई आंशिक रूपमा हटाएका थिए । यद्यपि, पछि बाइडेनको नेर्ततवमा नै ती प्रतिबन्धलाई पुनः लागू गरिएको थियो । ट्रम्पको अर्को कार्यकालमा यसलाई कडा बनाउन सकिने अनुमान विश्लेषकहरूले गरेका छन् ।