बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङ र रुसी समकक्षी भ्लादिमिर पुटिनले भिडियो कलमा कुराकानी गरेका छन् ।
अमेरिकामा जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथग्रहण गरेको केही घन्टापछि दुईबीच भिडियो वार्ता भएको हो ।
यस क्रममा दुबैले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने वाचा गरेका छन् । बाह्य अनिश्चिय भोगिरहेकाे समयमा रणनीतिक सहकार्य गहन बनाउन जारी राख्ने, पारस्परिक सहयोग बढाउने दुई देशको जायज हितको सुरक्षालाई जारी राख्ने सिले पुटिनलाई उदृत गर्दै चिनियाँ सञ्चार माध्यमले समाचार छापेका छन् ।
भिडियो कलमा पुटिनले सिलाई ‘प्यारो साथी’ सम्बोधन गरेका थिए ।
प्रतिक्रिया