पूर्वयुवराज पारस शाहलाई हृदयघात

पूर्वयुवराज पारस शाहलाई हृदयघात



काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।

पूर्वराजा निकट स्रोतका अनुसार गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताइएकाे छ ।

पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो ।

त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को एक पटक पनि हृदयघात भएको थियो ।