काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अहिलेको कांग्रेस–एमाले गठबन्धन सहमतिबमोजिम ०८४ सालसम्म कायम रहने दाबी गरेका छन् ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सरकार बनाउनुको उद्देश्य अझै पूरा नभएकोले ०८४ को आम निर्वाचनसम्म गठबन्धन तलमाथि नहुने दाबी गरे ।
उनले सरकारले कामको गति बढाउनुपर्ने सुझाव दिँदै सरकार गलत ट्रयाकमा नभएको जिकिर गरे । उनले अहिले राष्ट्रिय सहमतिको आवश्यकत्ता नभएको पनि स्पष्ट पारे । संविधान संशोधनको लागि भने बृहत्तर सहमति आवश्यक रहेको भट्टराईले औंल्याए ।


प्रतिक्रिया