नयाँदिल्ली । सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० प्रतियोगितामा सोमबार गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । यता, हैदराबादको भने यो दोस्रो जित हो ।
सोमबार राति मुम्बईमा १६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कप्तान केन विलियम्सनले सर्वाधिक ५७ रन बनाए । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे । गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन बनायो । उसका कप्तान हार्दिकले ५० रन बनाए । हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।
प्रतिक्रिया