पुटिन आगोसँग खेलिरहनुभएको छ : ट्रम्प

पुटिन आगोसँग खेलिरहनुभएको छ : ट्रम्प



वासिङ्टन । वासिङ्टनले युक्रेन युद्धलाई लिएर मस्कोविरुद्ध नयाँ प्रतिबन्धबारे विचार गरिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार रुसी भ्लादिमिर पुटिनलाई ‘आगोसँग खेलिरहनुभएको’ चेतावनी दिएका छन् ।

ट्रम्पको यो पछिल्लो आक्रमणले युद्धविराम वार्ताहरू ठप्प भएकामा उनको निराशा देखाएको छ र यो टिप्पणी युक्रेनमा ठुलो ड्रोन आक्रमणपछि उनले पुटिनलाई ‘पूर्ण रूपमा पागल’ भनेको दुई दिनपछि आएको हो ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्ने मस्कोले आफ्ना नागरिकहरूमाथि बढ्दो युक्रेनी आक्रमणको जवाफ दिँदै किएभले शान्ति प्रयासलाई ‘अवरोध’ गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

हालैका हप्ताहरूमा युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू तीव्र भएका छन् तर पुटिनमाथि शान्ति वार्ता अवरुद्ध गरेको आरोप लगाइएको छ ।

“भ्लादिमिर पुटिनलाई के थाहा छैन भने यदि यो मेरो लागि नभएको भए, रूसमा धेरै नराम्रा कुराहरू भइसकेका हुन्थे, र मेरो मतलब साँच्चै नराम्रो हो । उहाँ आगोसँग खेलिरहनुभएको छ !”, ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भने ।

ट्रम्पले ती ‘साँच्चै नराम्रा’ कुराहरू के थिए भनेर स्पष्ट पारेन्न । तर वाल स्ट्रिट जर्नल र सिएनएन दुवैले ट्रम्पले अब यो हप्ता नै नयाँ प्रतिबन्धहरू बारे विचार गरिरहेकाे बताएका छन् ।

ट्रम्पले आइतबार पत्रकारहरूलाई ‘पूर्ण रूपमा’ यस्तो कदम तौलिरहेको बताए ।