काठमाडौं । सिन्धुपाल्चोक प्रशासनले असार ७ गतेसम्म भोटेकोशी लगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
चीनको तिब्बत क्षेत्रममा असार ३ गतेदेखि असार ७ गतेसम्म अत्यधिक वर्षाको सम्भावना रहेकाले भोटेकोशीको वहाब बढ्न सक्ने सतर्कताको सूचना चिनिया पक्षले पठाएको थियो ।
सोही सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
‘भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी/ सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ,’ सूचनामा भनिएको छ ।



प्रतिक्रिया