काठमाडौं । अविरल वर्षाले काठमाडौंकाे धोबीखोला करिडोर डुबानमा परेको छ ।
शुक्रबार अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेका छन् भने सडकमा गुड्ने सवारी ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।
पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाको बूढानीलकण्ठ र आसपास मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, धोबीखोलामा जलसतह बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । बुधबारदेखि देशभर वर्षा भइरहेकाे छ ।
यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन निकालेर जनाएको छ । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरेकाे थियाे ।


प्रतिक्रिया