कैलाश मानसरोवरबाट फर्किएका ५४ जना तीर्थयात्री टिमुरेमा अलपत्र

कैलाश मानसरोवरबाट फर्किएका ५४ जना तीर्थयात्री टिमुरेमा अलपत्र



काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण कैलाश मानसरोवर गएर फर्किएकाहरू टिमुरेमा अलपत्र परेका छन् । स्याफ्रुवेशी र टिमुरेको बिचमा सड्क अवरुद्ध हुँदा तीर्थयात्रीहरु धुन्चेतर्फ आउनबाट रोकिएका हुन् ।

५० जना नेपाली तीर्थयात्री र ४ जना विदेशीहरू टिमुरेमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएकाे हाे । उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास हुँदै छ । नेपाल–चीन सीमानाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण १९ जना सम्पर्क विहीन भएका छन् ।

बाढीले स्याफ्रुवेशी भन्दा अगाडी केरुङ जाने सडक अवरुद्ध भएको छ ।