एन्फा यू–१६ युथ लिग : पुलिस र श्री भगवती विजयी

एन्फा यू–१६ युथ लिग : पुलिस र श्री भगवती विजयी



काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब र श्री भगवती क्लब एन्फा यू–१६ युथ लिगमा बुधबार विजयी भएका छन् ।

एन्फा मैदान सातदोवाटोमा भएको पहिलो खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई २–० गोलले हरायो । लगातार दोस्रो जित निकालेको पुलिसले ६ अंक बनाएको छ ।

अर्को खेलमा श्री भगवती क्लबले सातदोवाटो युथ क्लबलाई ६–० गोलले हरायो । लिगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ ।

लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउने छ । यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।