त्रिशुलीकाे किनारमा भेटियो एक पुरुषको शव

त्रिशुलीकाे किनारमा भेटियो एक पुरुषको शव



काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका –६ कालिखोलास्थित त्रिशुली नदी किनारमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५० वर्षिय पुरुषको केही अंग नभएको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव भेटिएको खबर पाउनासाथ मनसुनजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेस भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले शवको मुचुल्का उठाई भरतपुर जिल्ला अस्पताल लगेको जनाएको छ ।

फेला परेको शवको पहिचान हुन बाँकी रहेको प्रहरीले बताएकाे छ । असार २४ गते रसुवामा आएको बाढीमा बेपत्ता व्यक्तिको शव हुन सक्ने आशंका गरिएकाे छ ।