भोटेकोशीको बाढीमा फसेका ४ सय ८५ जनालाई गन्तव्यतर्फ पठाइयो

भोटेकोशीको बाढीमा फसेका ४ सय ८५ जनालाई गन्तव्यतर्फ पठाइयो



काठमाडौं । भोटेकोशीमा आएको बाढीले समस्यामा परेका ४ सय ८५ जनालाई गन्तव्यतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढीले बन्द भएको स्याफ्रुबेँशी र रसुवागढी सडक खण्डमा सशस्त्र प्रहरीसहित नेपाली सेना, नेपाल प्रहरीले अस्थायी पदमार्ग बनाई ४ सय ८५ जनालाई सुरक्षाका साथ गन्तव्यतर्फ पुर्‍याएको हो । साथै भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र एउटा विद्युतीय गाडीलाई सुरक्षित ठाउँमा सारेको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढीले ९ जनाको ज्यान गएको छ । तीमध्ये ४ जनाको शव र ५ वटा मानव अङ्गमात्र फेला परेको छ । तीन सुरक्षाकर्मीसहित १४ नेपाली र ६ चिनियाँ नागरिक गरी २० जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकोशीमा मिसिँदा रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएकाे छ । नेपाल–चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध छ ।