पर्सि बिहानसम्म महाकाली तल्लाे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पर्सि बिहानसम्म महाकाली तल्लाे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । महाकाली नदीकाे तल्लाे तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

भारतकाे धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सफाइ कार्यका लागि बाँधको ढोका आज राति १२ बजेदेखि भोलि दिउँसाे १२ बजेसम्म खाेलिने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे हाे ।

बाँधकाे ढाेका खाेल्दा महाकाली नदीको जलसतह बढ्ने भएकाले तल्लो तटीय क्षेत्रमा पर्सि बिहानसम्म सतर्कता अपनाउन महाशाखाकाे आग्रह छ ।