काठमाडौं । अमेरिकी आक्रमणपछि इरानले समृद्ध युरेनियम पुनः प्राप्त गर्न सक्ने एक वरिष्ठ इजरायली अधिकारीले बताएका छन् ।
गएको महिना अमेरिकाले इरानका तीन वटा परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो । इरानले तीमध्ये एउटा परमाणु केन्द्रबाट समृद्ध युरेनियम निकाल्न सक्ने इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा इरानमाथि गरेको हवाई र क्षेप्यास्त्र आक्रमणले आणविक सुविधाहरू ध्वस्त पारेको बारम्बार दाबी गर्दै आउनुभएको छ । यद्यपि केही अमेरिकी गुप्तचर एजेन्सीहरूले भने इरानी आणविक सुविधाहरू पूर्णरूपमा ध्वस्त भएकोमा शङ्का गर्दै आएका छन् ।
इरानले भने आणविक हतियार विकास गर्ने प्रयासलाई अस्वीकार गर्दै युरेनियमको सम्वर्द्धन शान्तिपूर्ण उद्देश्यका लागि भएको बताएको छ ।
अमेरिकाको वाशिङ्गटनमा पत्रकारहरूलाई दिइएको ब्रिफिङ्गमा वरिष्ठ इजरायली अधिकारीले गुप्तचर सूचनाले इरानको धेरैजसो समृद्ध युरेनियम इस्फहानमा गाडिएको सङ्केत गरेको बताउनुभएको खबरमा उल्लेख छ ।


प्रतिक्रिया