काठमाडौं । इरानले इजरायलसँगको हालैको द्वन्द्व समाप्त भएपछिको १६ दिनमा पाँच लाख अफगानहरूलाई देश निकाला गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
यो दशककै सबैभन्दा ठूलो जबरजस्ती जनसंख्या स्थानान्तरण गरिएको घटनामध्ये एक हुन सक्ने सीएनएनले जनाएको छ ।
इरानले महिनौँदेखि कम तलबमा कठिन परिस्थितिमा इरानभित्र काम गर्ने लाखौँ अवैध अफगानलाई हटाउने आफ्नो उद्देश्य घोषणा गर्दै आएको थियो ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले जुन २४ देखि जुलाई ९ सम्म पाँच लाख आठहजार ४२६ अफगानहरूले इरान–अफगानिस्तान सीमामार्फत इरान छोडेको बताएको छ ।
इरानले अवैध अफगानहरूलाई देश छाड्न तोकेको आइतबारको समयसीमाअघिको बुधबार ३३ हजार ९५६ र मंगलबार ३० हजार ६३५ ले सीमा पार गरेका थिए । जबकि, शुक्रबार ५१ को उच्च संख्यामा आफगानहरूले इरान छोडेका थिए ।


प्रतिक्रिया