काठमाडौं । ४९ जना सवार रूसी जहाज सम्पर्कविहीन भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार बिहीबार जहाज एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो ।
साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग सीमा जोडिएको अमुर क्षेत्रतर्फ उडेको थियो ।
क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार ४३ जना यात्रु उक्त जहाजमा छन् । जसमध्ये पाँच जना बच्चा छन् । बाँकी ६ जना चालक दल सदस्य छन् ।
हराएको विमानको खोजी कार्य भइरहेको जनाइएको छ । ‘सबै निकायहरूलाई जहाजको खोजी गर्न परिचालन गरिएको छ,’ उनले टेलिग्राममा लेखेका छन् ।


प्रतिक्रिया