थाइल्यान्डद्वारा सीमावर्ती क्षेत्रका विद्यालयहरू बन्द गर्न आदेश

थाइल्यान्डद्वारा सीमावर्ती क्षेत्रका विद्यालयहरू बन्द गर्न आदेश



काठमाडौं । थाइल्यान्डको शिक्षा मन्त्रालयले कम्बोडियाको सीमावर्ती क्षेत्रहरूमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको छ । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि उक्त आदेश दिइएको हो ।

बैंककस्थित स्थानीय मिडियाहरूका अनुसार, आवासीय क्षेत्रहरूमा रकेट प्रहार भएपछि सुरिन, सिसाकेट र बुरिरामका ५८२ विद्यालय बन्द गरिएको छ ।

खतरा क्षेत्रबाहिर रहेका केही विद्यालयहरूलाई अस्थायी आश्रयको रूपमा पनि प्रयोग गरिएको बताइएको छ ।

यसैबीच, दुई देशबीच जारी झडपपछि कम्बोडियाली सीमानजिकै थाइल्यान्डको सिसाकेट प्रान्तमा रहेको पेट्रोल पम्पबाट धुवाँ निस्किरहेको देखिएको छ ।

झडपको बीचमा, थाइल्यान्डको राष्ट्रिय निकुञ्जका महानिर्देशकले चार वन्यजन्तु आरक्ष र दुई राष्ट्रिय निकुञ्जहरू सेनाका लागि खोल्न आदेश दिएका छन् ताकि उनीहरूले कम्बोडियाको आक्रमणको बदला लिन प्रयोग गर्न सकुन् ।

थाइल्यान्ड–कम्बोडिया सीमामा जारी झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । बीबीसीबाट