इरानको विषयलाई लिएर नेतान्याहु र पुटिनबिच संवाद

इरानको विषयलाई लिएर नेतान्याहु र पुटिनबिच संवाद



काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग संवाद गरेका छन् । मङ्गलबर उनीहरुबिच इरानको विषयलाई लिएर संवाद भएको हो ।

यद्यपि, इरानको बारेमा दुई नेताहरूबिच के छलफल भयो भन्ने बारेमा कुनै पनि पक्षले कुनै जानकारी दिएका छैनन् ।जुनमा इजरायल र इरानबिच सैन्य द्वन्द्व भएको थियो । यस आक्रमणमा इरानका शीर्ष नेताहरू मारिएका थिए ।

यसपछि रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले जुन १९ मा रूसी समाचार एजेन्सी तासलाई इजरायल र इरानबिचको युद्धमा अमेरिकी हस्तक्षेपले “अर्को भयानक वृद्धि निम्त्याउनेछ“ भनेर बताएका थिए ।

रुसले इरानलाई आफ्नो प्रमुख सहयोगीको रूपमा हेर्छ । यस वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग रणनीतिक साझेदारीमा हस्ताक्षर गरे। सम्झौतामा दुवैले रक्षा सहयोग विकास गर्न चाहेको उल्लेख छ ।