बर्दिया । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा मधुवन नगरपालिका– ६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उहाँकी श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर ५ बस्ने अमृता परियार छन् ।
कामको सिलसिलामा उत्तराखण्ड पुगेका उनीहरूलाई बुधबार बिहान आएको बाढीपहिरोले बगाएको उत्तराखण्डस्थित वाकुडामा कार्यरत चित्रबहादुर पौडेलले बताए ।
पौडेलले अहिले बेपत्ताको खोजीमा आफूहरूसहित भारतीय प्रहरी र स्थानीय लागेको जानकारी दिए ।


प्रतिक्रिया