उत्तराखण्डमा धादिङका चारजना सम्पर्कविहीन

उत्तराखण्डमा धादिङका चारजना सम्पर्कविहीन



काठमाडौं । भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना सम्पर्कविहीन भएकाे धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

सम्पर्कविहीन हुनेहरुमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ रहेका छन् ।

उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए ।

उनका अनुसार खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई आग्रह गरिएको छ ।

साउन २० गते धराली बजारमा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको थियाे । उनीहरू पनि त्यहीँ फसेको हुनसक्ने आशङ्का गरिएको छ ।