२८ जिल्लामा बाढीको मध्यम जोखिम

२८ जिल्लामा बाढीको मध्यम जोखिम



काठमाडौं । आज कोशी प्रदेशको झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमा बाढीको मध्यम जोखिम छ । कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम, बैतडी, बझाङ, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका जिल्ला तथा आसापास भएर वहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

आज दिउँसो देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाइ छ ।