काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
कल्याणपुर नगरपालिका वडा नम्बर ६ मा नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा मेयर साहले सेवाग्राहीसँग बिचौलियामार्फत घुस माग गरेका विज्ञप्तिमा उल्लेख छ । अख्तियारले साहसँग घुस रकम बराबरकै बिगो मागदाबी गरेको छ ।


प्रतिक्रिया