अमेरिकी राष्ट्रपति ट्रम्प एशिया भ्रमण अन्तर्गत आज जापान जाँदै

अमेरिकी राष्ट्रपति ट्रम्प एशिया भ्रमण अन्तर्गत आज जापान जाँदै



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मलेसिया भ्रमण सकेर आफ्नो एशियाली कूटनीतिक यात्राको पहिलो चरण पूरा गरेका छन् । अहिले उनी जापानतर्फ प्रस्थान गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनले भोलि जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सीएनएनले जनाएको छ । मलेसियामा ट्रम्पले थाइल्यान्ड र क्याम्बोडियाबीच भएको शान्ति घोषणापत्रमा सहभागी भएर हस्ताक्षर गरे ।

साथै, अमेरिकी व्यापार वार्ताकारहरूले चीनसँग व्यापार सम्झौताका लागि प्रारम्भिक रूपरेखा तयार गरेका छन् । जसले ट्रम्प र चिनियाँ नेता सी जिनपिङबीच हुने उच्चस्तरीय भेटअघि तनाव कम गरेको छ ।

व्यापार वार्ताको अतिरिक्त, ट्रम्पले सीलाई रूसमाथि अमेरिकाको दबाब अभियानमा सहभागी हुन आग्रह गर्ने अपेक्षा गरिएको छ ।