काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पटक–पटक मानसिक यातना दिएपछि विक्षिप्त बनेका निगमकै कर्मचारी देवराज ओझा अध्यक्षकै कार्यकक्षमा बेहोस भएका छन् ।
यसअघि नै पटक पटक कार्यकक्षमा बोलाएर दुर्व्यवहार गरेकोमा सोमबार पुनः कार्यकारी अध्यक्षको कार्यकक्षमा बोलाइएका ओझा अचानक ढलेपछि उनलाई मोडेल अस्पतालमा लगिएको छ ।
निगमको नजिकै रहेको वीर अस्पताल हुँदा हुँदै अधिकारीले आफ्नै गाडीमा राखेर मोडल अस्पताल पुर्याएपछि कर्मचारी आक्रोशित बनेका छन् । मोडलमा अधिकारीकी पत्नी कार्यरत रहेकाले षड्यन्त्रपूर्वक ल्याइएको भन्दै कर्मचारीले अहिले अस्पताल घेराउ गरेका छन् । ओझामाथि मानसिक दबाब परेको र उनी बेहोस हुनुअघि कार्यकक्षमा के भएको थियो भन्ने थाहा नभएको बताइएको छ ।
प्रतिक्रिया