श्रीलंकामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगार : प्रधानमन्त्री

श्रीलंकामा तीन लाख ६५ हजार भन्दा बढी बेरोजगार : प्रधानमन्त्री



कोलम्बो(श्रीलंका) । श्रीलंकालीमा हाल तीन लाख ६५ हजार ९५१ नागरिक बेरोजगार रहेको श्रीलंकाका प्रधानमन्त्री हरिनी अमरसुरियाले बुधबार संसदमा बताउनु भएको छ ।

पहिलो त्रैमासिकमा बेरोजगारी दर घटेर ३.८ प्रतिशतमा झरेको उनले बताएका छन् । जुन सन् २०२४ को समान अवधिमा ४.५ प्रतिशत थियो । दोस्रो त्रैमासिकको दर पनि एक वर्ष अघिको ४.७ प्रतिशतको तुलनामा ३.८ प्रतिशत रहेको उनले बताएकी छन् ।

प्रधानमन्त्रीका अनुसार विश्वविद्यालयको डिग्री वा सोभन्दा उच्च योग्यता भएका ४२ हजार २५४ जना बेरोजगार रहेका छन् ।

सरकारले आफ्नो रोजगार कार्यक्रम अन्तरगत सार्वजनिक क्षेत्रमा १२ हजार भन्दा बढी स्नातक उपाधी प्राप्त जनशक्तीलाई रोजगारी दिइ सकेको उनले जनाएकी छन् ।