इन्डोनेसियामा बाढीका कारण ६०० जनाको मृत्यु

इन्डोनेसियामा बाढीका कारण ६०० जनाको मृत्यु



काठमाडौं । इन्डोनेसिया र श्रीलंकामा चक्रवातका कारण आएको भारी वर्षा र बाढीका कारण सयौँको मृत्यु भएको छ ।

बाढीका कारण इन्डोनेसियामा ६०० भन्दा बढी र श्रीलंकामा ३९० जनाको मृत्यु भएको छ । धेरै बेपत्ता छन् ।

इन्डोनेसिया र श्रीलंकाले बाढी प्रभावित मानिसहरूलाई सहयोग गर्न आफ्नो सेना तैनाथ गरेका छन् ।

इन्डोनेसियाको सुमात्रा टापुमा अचानक आएको बाढी र पहिरोमा परी ६०० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।

इन्डोनेसियाको आचे प्रान्तका धेरै बाढी प्रभावित भएका छन् ।

श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार, देशमा ३९० जनाको मृत्यु भएको छ । ३५२ जना अझै पनि बेपत्ता छन् ।

उत्तरी मलेसिया र दक्षिणी थाइल्यान्डमा पनि भारी वर्षा र आँधीबेहरी आएको छ । त्यहाँ कम्तीमा १७० जनाको मृत्यु भएको छ ।