काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या सात सय ५० जना भन्दा धेरै पुगेको छ ।
अझै पाँच सय जना भन्दा धेरै बेपत्ता रहेको समाचार संस्था एपीले जनाएको छ ।
ठूलो वर्षा र चक्रवातले इन्डोनेसिया, श्रीलंका र दक्षिणी थाइल्याण्डलगायत एशियाका केही भागहरूमा ठूलो क्षति पुर्याएको छ ।
यी देशहरुमा अहिलेसम्म एक हजार दुई सय भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।
भौतिक पूर्वाधार ध्वस्त भएका छन् भने शहरहरू डुबेका छन् । इन्डोनेसियामा बाढीका कारण झन्डै ३० लाख मानिस प्रभावित भएको खबरमा उल्लेख छ ।
धेरै जसो मानिसहरु सञ्चार र विजुलीबाट बञ्चित भएका छन् ।उच्च जोखिम भएका क्षेत्रहरूबाट १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
विश्व स्वास्थ्य संगठनले ती क्षेत्रहरुमा स्वास्थ्य सामग्री पुर्याएको छ । धेरैजसो ठाउँमा अझै पनि पहिरोको चेतावनी दिइएको छ ।


प्रतिक्रिया