रुसले भेनेजुएलामाथिको अमेरिकी नाकाबन्दीलाई ‘समुद्री डकैती’सँग गर्‍यो तुलना

रुसले भेनेजुएलामाथिको अमेरिकी नाकाबन्दीलाई ‘समुद्री डकैती’सँग गर्‍यो तुलना



काठमाडौं । रुसले भेनेजुएलामाथिको अमेरिकी नाकाबन्दीलाई ‘समुद्री डकैती’सँग तुलना गरेको छ । रुसको विदेश मन्त्रालयले क्यारिबियन सागरमा सेना परिचालन गरेर तेल बोकेका जहाजहरू कब्जा गर्ने र हवाइ आक्रमण गर्ने कार्यलाई ‘समुद्री लुट र संगठित डकैती’लाई फेरि जिवित पार्ने काम गरेको अमेरिकामाथि आरोप लगाएको छ ।

रुसले भेनेजुएलामाथि नाकाबन्दी गरेर अमेरिका ‘पाइरेसी’ (समुद्री डकैती)लाई फेरि जिवित बनाइरहेको बताएको हो । तर, मन्त्रालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यावहारिक दृष्टिकोणले ठूलो संकट टार्नसक्ने आशा भने व्यक्त गरेको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले भेनेजुएलामाथिको अमेरिकी कारबाहीको सन्दर्भमा भनिन्, “आज हामी क्यारिबियन सागरमा पूर्ण अराजकता देखिरहेका छौँ । विगतमा अरूको सम्पत्ति चोरी गर्ने (जसलाई पाइरेसी र ब्यान्डिट्री भनिन्थ्यो) कार्यलाई फेरि जिवित पारिएको छ ।” उनले क्यारिबियन सागरमा तनाव कम गर्न पनि अपिल गरेकी छन् ।