चीनको उच्च गतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो

चीनको उच्च गतिको रेल नेटवर्क ५० हजार किलोमिटर नाघ्यो



काठमाडौं । चीनको उच्च गतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गरेको छ । नयाँ रेल सञ्चालनमा आएसँगै उच्च गतिको रेल नेटवर्कको सञ्चालन दूरी ५० हजार किलोमिटर पार गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

यो उपलब्धिसँगै चीनले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देशको हैसियतलाई अझ बलियो बनाएको छ । चीनको उच्च गतिको रेल सेवाहरूले अब पाँच लाखभन्दा धेरै शहरी जनसङ्ख्या भएका ९७ प्रतिशत शहरहरूलाई समेट्ने खबरमा उल्लेख छ ।

राज्य प्रसारक सीसीटीभीका अनुसार नयाँ उच्च गतिको रेल सेवा चीनको ऐतिहासिक र सांस्कृतिक रूपमा प्रसिद्ध टेराकोटा योद्धाहरूको घर सिआन शहरबाट शु भइ उत्तरतर्फ यानान शहरसम्म सञ्चालनमा आएको हो । यी दुवै शहर उत्तरी चीनको साङ्सी प्रान्तमा पर्दछन् ।

सन् २०२० को तुलनामा चीनको समग्र रेल नेटवर्क झन्डै ३२ प्रतिशतले विस्तार भएको चाइना रेल्वेले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

सी नाइन–थ्री–जेरो–नाइन नाम ट्रेन अधिकतम तीन सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन हुने गरेको छ । यस गतिले जापानको प्रसिद्ध शिन्कान्सेन रेललाई समेत उछिनेको छ जसको अधिकतम गति तीन सय २० किलोमिटर प्रतिघण्टा रहेको छ ।