खालिदा जियाको अवस्था गम्भीर

खालिदा जियाको अवस्था गम्भीर



ढाका । बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर आएको छ । बीबीसी बङ्गलाका अनुसार उनको मेडिकल टोलीका सदस्य तथा पार्टी स्थायी समितिका सदस्य एजेडएम जाहिद हुसेनले खालिदा जियाको अवस्था नाजुक रहेको बताएका हुन् ।

उनले शनिबार राति ११ : ३० बजे अस्पताल अगाडि आयोजित पत्रकार सम्मेलनमा उक्त बयान दिएका हुन् । ‘बेगम खालिदा जियालाई नजिकबाट निगरानीमा राखिएको छ ।

बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानले देशवासीहरूलाई आफ्नी आमाको लागि प्रार्थना गर्न अनुरोध गरेका छन्’ ब्रीफिङको केही घण्टापछि आइतबार बिहान ६ : ३० बजे, बीएनपी मिडिया सेलले एक पोस्टमा एजेडएम जाहिद हुसेनलाई उद्धृत गर्दै भनेको छ ।

यसअघि तारिक रहमान र उनकी श्रीमती जुबैदा रहमान आइतबार राति ९ : ३० बजेपछि खालिदा जियालाई भेट्न अस्पताल गएका थिए । उनीहरू लगभग दुई घण्टा त्यहाँ बसेका थिए ।