नको वृद्धि करिब ५ प्रतिशत हुन्छ : सी

नको वृद्धि करिब ५ प्रतिशत हुन्छ : सी



बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५ मा ‘लगभग पाँच प्रतिशत’ वृद्धि हुने अपेक्षा गरिएको बताएका छन् । उनले ‘धेरै असामान्य’ वर्षको ‘दबाब’ को बाबजुद यस उपलब्धिलाई महत्त्वपूर्ण ठहर गर्नु भएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको छ ।

नयाँ वर्षको पूर्वसन्ध्यामा सीले एक शीर्ष राजनीतिक परामर्शदात्री निकायलाई सम्बोधन गर्दै यो घोषणा गरेका हुन् । वार्षिक विस्तार सरकारले तय गरेको आधिकारिक लक्ष्यसँग मेल खान्छ र सन् २०२४ मा रेकर्ड गरिएको पाँच प्रतिशत वृद्धि बराबर हुने छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्र पछिल्ला वर्षमा बढ्दो दबाबमा परेको छ ।

उपभोक्ता विश्वास महामारी-प्रेरित गिरावटबाट पूर्णरूपमा फर्किन सकेको छैन । रियल स्टेट क्षेत्रमा निरन्तर ऋण सङ्कट, औद्योगिक अत्यधिक क्षमता र वासिङ्टनसँगको व्यापार द्वन्द्वले दृष्टिकोण चुनौतीपूर्ण बनाएको छ । राष्ट्रपति सीले भने, “हामीले चुनौतीको सामना गर्यौ र लगनशील भई प्रयास गर्‍याे। आर्थिक र सामाजिक विकासका मुख्य लक्ष्य सफलतापूर्वक प्राप्त गरिएका छन् ।”

उनले वृद्धि दर करिब पाँच प्रतिशत पुग्ने अनुमान गरिएको र समग्र सामाजिक स्थिरता कायम रहेको जानकारी दिए । साथै, भ्रष्टाचार विरोधी अभियान ‘अथकरूपमा पछ्याइएको’ भन्दै उहाँले सरकारको प्रतिबद्धता पनि दोहोर्‍याए । विज्ञले बेइजिङले मार्चमा हुने प्रमुख वार्षिक राजनीतिक भेलामा सन् २०२६ का लागि यस्तै वृद्धि लक्ष्य घोषणा गर्ने अपेक्षा गरेका छन् ।

बुधबार जारी डाटाले नीति निर्माताका लागि सकारात्मक सङ्केत दिएको छ । डिसेम्बरमा कारखानाको गतिविधि विस्तारवादी क्षेत्रमा प्रवेश गर्दै आठ महिनाको सङ्कुचनको रेखा तोडेको देखिएको छ ।