विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको आग्रह

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको आग्रह



लन्डन । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गर्दै ‘विश्वव्यापी सहयोगलाई कमजोर पार्न लामबद्ध ‘शक्तिशाली विश्व समुदाय’ ध्यानाकर्षण गराएका छन् ।

महासचिव गुटेर्रेसले लन्डनको मेथोडिस्ट सेन्ट्रल हलमा यस्तो चेतावनी दिएका हुन् । महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू भेला भएका थिए।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय अझै निर्माण नभएकाले उनीहरूले लन्डनमा बैठक गरेका हुन् । महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको निर्माणमा बेलायतको निर्णायक भूमिका निर्वाह गरेकोमा प्रशंसा गरे ।

उनले सन् २०२५ अन्तर्राष्ट्रिय सहयोग र संयुक्त राष्ट्रसङ्घको मूल्यमान्यताका लागि निकै चुनौतीपूर्ण वर्ष भएको बताए । “हामी देख्छौँ, शक्तिराष्ट्रहरू विश्वव्यापी सहयोगलाई कमजोर पार्न लाइनमा छन्।” उनले भने, हामी समस्याका बाबजुद् पनि अघि बढ्छौँ ।

गुटेर्रेसले समुद्री जैविक विविधतासम्बन्धी नयाँ सन्धिलाई निरन्तर प्रगतिको उदाहरणका रूपमा उद्धृत गरे । यो सन्धिले राष्ट्रिय सीमाभन्दा बाहिर रहेका दुई तिहाइ महासागरमा समुद्री विविधताको संरक्षण र दिगो प्रयोगका लागि पहिलो कानुनी ढाँचा स्थापना गरेको छ ।

उनले भने, “युद्ध रोकिएका, भोकमरी अन्त्य भएका र महत्त्वपूर्ण सन्धिहरू अन्तर्राष्ट्रिय सहयोगका यी शान्त विजयहरू सधैँ समाचारका प्रमुख बिषय बन्दैनन् तर तिनीहरू वास्तविक छन् र महत्त्वपूर्ण छन् ।