सिरिया र लेबनानको सीमा क्षेत्रमा इजरायलको हवाई आक्रमण

सिरिया र लेबनानको सीमा क्षेत्रमा इजरायलको हवाई आक्रमण



काठमाडौं । सिरिया र लेबनानको सीमा क्षेत्रमा इजरायलको हवाई आक्रमणमा कम्तिमा २ जनाको ज्यान गएको छ भने २० जना घाईते भएका बीबीसीले जनाएको छ । इजरायलले हिजबुल्लाहले हतियार तस्करी गर्ने आरोप लगाउँदै चारवटा नाकामा आक्रमण गरेको जनाएको छ ।

लेबनानले इजरायलको आक्रमणले युद्धविराम सम्झौता र सार्वभौमिकताको उल्लङ्घन भएको बताएको छ । इजरायल र लेवनानका हिजबुल्लाह लडाकुबीच सन् २०२४ मा युद्धविराम भएपनि त्यसलाई इजरायलले निरन्तर उल्लङ्घन गर्दै आएको छ ।

इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भए पनि हिंसा कायमै रहँदा अहिलेसम्म लेबनानमा ३ सय ५० जनाले ज्यान गुमाइसकेका छन् ।