ईयू–भारत शिखर सम्मेलन व्यापार, प्रविधि, सुरक्षा र रक्षामा केन्द्रित हुने

ईयू–भारत शिखर सम्मेलन व्यापार, प्रविधि, सुरक्षा र रक्षामा केन्द्रित हुने



काठमाडौं । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले भारतलाई एक प्रमुख विश्वव्यापी साझेदारको रूपमा स्वागत गर्दै सफल भारतले विश्वलाई अझ स्थिर, समृद्ध र सुरक्षित बनाउने बताएका छन् । उनकाे शीर्ष युरोपेली नेताहरूको समूहसँग ७७औँ गणतन्त्र दिवस समारोहमा सहभागी हुन नयाँदिल्ली आएका हुन् ।

भोन डेर लेयनले भारत र ईयूबीचको बढ्दो रणनीतिक निकटतालाई रेखाङ्कित गर्नुभएको भारतीय समाचार संस्था एनएनआईले जनाएको छ । युरोपेली आयोगका उपाध्यक्ष काजा कल्लासले भारतसँगको सम्बन्धमा ‘बलियो गति’ रहेको र यसलाई अझ गहिरो बनाउने अवसर उपयोग भइरहेको बताए ।

ईयू नौसेना अपरेसन अटलान्टा र एस्पाइड्सका कर्मचारीहरूले पहिलो पटक परेडमा भाग लिएको उल्लेख गर्दै उहाँले यसलाई दुई पक्षबीचको गहिरो सम्बन्धको प्रतीक रहेको बताए । व्यापार तथा आर्थिक सुरक्षा आयुक्त मारोस सेफकोभिकले महत्त्वकांक्षी स्वतन्त्र व्यापार सम्झौता (एफटीए) पूरा गरेर साझेदारीलाई पुनः पुष्टि गर्न यो समय उपयुक्त रहेको उल्लेख गरे ।

आज आयोजना हुने ईयू–भारत शिखर सम्मेलनले व्यापार, प्रविधि, सुरक्षा र रक्षामा ध्यान केन्द्रित गर्दै नयाँ रणनीतिक एजेन्डाको रोडम्याप प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । सन् २००४ देखि दुवै पक्षले निरन्तर रणनीतिक साझेदारी उकास्न प्रयास गर्दै आएका छन् । भारत र ईयूले जलवायु, ऊर्जा, प्रविधि, कनेक्टिभिटी, अनुसन्धान, नवीनता र अन्तरिक्षजस्ता क्षेत्रमा पहिलेदेखि नै सहयोग गर्दै आएका छन् ।