राष्ट्रपति पौडेल माघ १८ मा जापान जाने

राष्ट्रपति पौडेल माघ १८ मा जापान जाने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानको औपचारिक भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल यही माघ १८ गते जापान प्रस्थान गर्नेछन् । उनको जापान भ्रमण चार दिनको हुने जनाइएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको विशेष अवसर पारी राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन् ।