काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन् । उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् ।
उनले रास्वपा डडेल्धुराका उम्मेदवार तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् । दार्चुलामा उनी पुग्दा उल्लेख्य संख्यामा मानिसहरूको भिड लागेको छ ।
बालेन माघ १२ गते काठमाडौंबाट हवाईमार्गमार्फत नेपालगन्ज पुगेका थिए । माघ १३ गते उनले बर्दिया ठाकुरबाबा दर्शन गरेर दिउँसो पार्टी कार्यालय उद्घाटन गरे ।
जनसम्पर्क तथा अभिवादन अभियानका लागि सुदूरपश्चिम भ्रमणमा रहेका बालेनले कैलालीका विभिन्न स्थानमा आयोजित कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
उनी आजै बिहान हिउँमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डोटेली भाषामा लेखेका छन्, “सुदूर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई !”
डडेल्धुरा, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर हुँदै अछामसम्म पुग्ने कार्यतालिका रहेको अछाम २ का उमेदवार भूपदेव शाहले जानकारी दिएका छन् ।


प्रतिक्रिया