काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी कायम गर्न मागसहित दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनले सर्वोच्चमा रिट दिएका थिए । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनले कैलाली क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए ।
उक्त रिटमा बिहीबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका निम्ति पेसी तोकिएको थियो । रिट निवेदकका कानुन व्यवसायीको बहस सकिएर आदेशको तयारी भइरहेको छ ।
कैलालीको टीकापुर हिंसा प्रकरणमा जन्मकैद तोकिएका चौधरीलाई राष्ट्रपतिबाट माफी मिनाहा दिने निर्णयमाथि सर्वोच्चले रोक लगाएको छ ।


प्रतिक्रिया