काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौतामा हस्ताक्षर गरेको दाबी गरेका छन् ।
भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरेपछि अमेरिकाले भेनेजुएलाको तेल उद्योगमाथि नियन्त्रण लिने योजना बनाइरहेको छ । ट्रम्पले भेनेजुएला अब अमेरिकालाई उल्लेखनीय मात्रामा तेल आपूर्ति गर्न तयार रहेको घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ ।
पत्रकारहरूले ट्रम्पलाई चीनले भेनेजुएलालाई तेलको लागि तिरेको पैसा फिर्ता लिन्छ कि लिँदैन भनेर गरेको प्रश्नको जवाफमा ट्रम्पले यसबारे आफूलाई केही थाहा नभएको बताए । तर चीनले भेनेजुएलासँग तेल किन्न सम्झौता गर्न सक्ने र यसका लागि स्वागत गर्ने उनको भनाइ छ ।
ट्रम्पको यो दाबीपछि भारतबाट कुनै प्रतिक्रिया आएको छैन । यद्यपि, विपक्षी कांग्रेसका नेताले ट्रम्पको दाबीलाई लिएर मोदी सरकारप्रति विरोध जनाएका छन् ।


प्रतिक्रिया