काठमाडौं । नेकपा (एमाले) का सचिव डा. राजन भट्टराईले नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा परिरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले हालको विश्वव्यापी अव्यवस्था (इन्टरनेशनल डिसअर्डर) ले नेपालमा राजनीतिक तथा अन्य क्षेत्रमा असर पारिरहेको र यो प्रभाव झन् गम्भीर बन्दै जाने बताए ।
ठूला पार्टीहरू अफ्ठ्यारोमा परेपछि विदेशी हस्तक्षेप वा षड्यन्त्र देख्छन् भन्ने प्रवृत्तिलाई सामान्यीकरण गर्न खोजिएको उनको भनाइ छ । तर, यो सत्य नभएको पनि उनको भनाइ छ ।


प्रतिक्रिया