माधव नेपालको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी झिकाउने आदेश

माधव नेपालको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी झिकाउने आदेश



काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी झिकाउने आदेश भएको छ ।

पतञ्जलि योगपीठ भ्रष्टाचार प्रकरणमा आइतबार (माघ १८) विशेष अदालतमा पेसी तय भएको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकारी साक्षी झिकाउने आदेश दिएको हो । सरकार पक्षका साक्षी उपस्थित भएपछि भ्रष्टाचार मुद्दामा थप सुनुवाइ अघि बढ्ने भएको छ ।

अख्तियारले पतञ्जलि योगपीठ जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर ०८२ जेठ २२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।