काठमाडौं । बंगलादेशमा बिहीबार अर्थात् १२ फेब्रुअरीमा संसदीय चुनावसँगै संवैधानिक जनमतसंग्रह पनि हुँदै छ ।
यो मतदान ‘जुलाई नेशनल चार्टर’ लाई अपनाउने पक्षमा ‘हो’ वा ‘होइन’ मा केन्द्रित हुनेछ ।
जुलाई चार्टरभित्र बंगलादेशको शासकीय स्वरुपलगायतमा परिवर्तन गर्नका लागि उल्लेख गरिएका विषयहरू समावेश छन् ।
गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले शेख हसिनालाई सत्ताच्युत गरेको थियो ।
त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार सत्तामा आएको छ । यो अन्तरिम सरकारले ‘जुलाई नेशनल चार्टर’मार्फत संविधानमा ठूला परिवर्तन ल्याउन खोजेको छ ।
यसमा ८४ वटा सुधार प्रस्ताव छन्, जसमध्ये ४७ वटा संवैधानिक संशोधन र बाँकी कानुन वा कार्यकारी आदेश हुन् ।


प्रतिक्रिया