काठमाडौं । २०२४ को विद्यार्थी आन्दोलनपछि पहिलो पटक बंगलादेशमा आज संसदीय र संवैधानिक जनमतसंग्रह एकैसाथ भइरहेको छ ।
झन्डै १२ करोड मतदाताले नयाँ सरकार चयन गर्न मतदान गरिरहेका छन् ।
बिहान शुरू भएको मतदान बेलुका साढे ४ बजेसम्म चल्ने बीबीसीले जनाएको छ । मतगणना भोलिदेखि शुरू हुने खबरमा उल्लेख छ ।
मुख्य प्रतिस्पर्धी दलहरू बंगलादेश नेशनलिस्ट पार्टी र जमात–ए–इस्लामीका शीर्ष नेताहरूले ढाकामा मतदान गरेका छन् ।
बीएनपी अध्यक्ष तथा सम्भावित प्रधानमन्त्रीका उम्मेदवार तारिक रहमानले मतदान गरेका छन् ।
युवा केन्द्रित नेशनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले पनि मतदान गरेका छन् ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग भने प्रतिबन्धका कारण चुनावमा सहभागी छैन ।
सन् २०२४ को आन्दोलनपछि अन्तरिम सरकार गठन भई नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा निर्वाचन भइरहेको हो ।
देशभर सुरक्षा व्यवस्था कडा पारिएको र झन्डै १० लाख सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया