बंगलादेशको पुरानो दल बीएनपीले ल्यायो दुईतिहाइ मत

बंगलादेशको पुरानो दल बीएनपीले ल्यायो दुईतिहाइ मत



काठमाडौं । बंगलादेशको पुरानो दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले एकल दुईतिहाइ मत ल्याएको छ ।

बंगलादेशको अखबार डेली स्टारका अनुसार बीएनपीले अहिलेसम्म गणना सकिएका २८४ चुनाव क्षेत्रमध्ये २०८ सिट जितेको छ ।

शेख हसिनाको दल अवामी लिगलाई प्रतिबन्ध गरेपछि बीएनपीले एकल प्रभाव देखाएर एकल दुईतिहाइ मत ल्याएको छ ।

रोचक पक्ष विद्यार्थीले खोलेको दल एनसीपी तथा धार्मिक कट्टरपन्थी दल जमान–इ–इस्लामी लगायतका ११ दलको गठबन्धनसँग एकल भिडेको बीएनपीको दुईतिहाइ आएको हो ।