काठमाडौं । अमेरिका र इरानबीचको तनाव निरन्तर बढ्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ निर्णयले दुई देशबीचको यो कटुता थप बढाइदिएको छ ।
ट्रम्पले विश्वको सबैभन्दा ठूलो विमानवाहक पोत ‘यूएसएस गेराल्ड आर फोर्ड’लाई क्यारिबियन सागरबाट हटाएर मध्यपूर्व पठाउने आदेश दिएका छन् ।
यो मध्यपूर्वमा तैनाथ हुने अमेरिकाको दोस्रो ठूलो विमानवाहक पोत हुने बताइएको छ । यो क्षेत्रमा ‘यूएसएस अब्राहम लिंकन’ विमानवाहक पोत पहिलेदेखि नै छ ।
ट्रम्पको यो निर्णयपछि अब मध्यपूर्व क्षेत्रमा अमेरिकाका दुई ठूला विमानवाहक पोत र तिनका साथमा जाने युद्धपोतहरू यो क्षेत्रमा पुग्ने बताइएको छ ।
ट्रम्प प्रशासन यो कदममार्फत इरानको आणविक कार्यक्रममाथि दबाब बनाउन चाहन्छ ।


प्रतिक्रिया